बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग « Khabarhub

बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नमाथि सरकार, संसद् र संवैधानिक निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील सार्वजनिक गर्दै उनीहरुले बजेट निर्माणका क्रममा भएको भनिएको अनियमिततामाथि छानबिन गर्न माग गरेका हुन् ।

मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले वर्तमान आर्थिक समस्यामा सम्बोधनका लागि यथोचित कदम चाल्नका लागि समेत अपिल गरेका छन् ।

मुलुकको अर्थतन्त्र अहिले समस्यामा रहेको र जनताको पसिनाबाट उठेको करको दुरुपयोग भएको भन्दै मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको आरोप छ ।

उनीहरुले सरकारले कुशासनलाई नै टेवा पुग्ने गरी काम गरिरहेको समेत आरोप लगाएका छन् । यसकारण थप आर्थिक जटिलताको संकेत गरिरहेको उनीहरुको दाबी छ ।

‘त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : २९ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण