बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग « Khabarhub

बजेट निर्माणमा उठेका प्रश्नमाथि छानबिन गर्न राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षको माग


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय योजना आयोगका ६ जना पूर्व उपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नमाथि सरकार, संसद् र संवैधानिक निकायले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील सार्वजनिक गर्दै उनीहरुले बजेट निर्माणका क्रममा भएको भनिएको अनियमिततामाथि छानबिन गर्न माग गरेका हुन् ।

मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरुले वर्तमान आर्थिक समस्यामा सम्बोधनका लागि यथोचित कदम चाल्नका लागि समेत अपिल गरेका छन् ।

मुलुकको अर्थतन्त्र अहिले समस्यामा रहेको र जनताको पसिनाबाट उठेको करको दुरुपयोग भएको भन्दै मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको उनीहरुको आरोप छ ।

उनीहरुले सरकारले कुशासनलाई नै टेवा पुग्ने गरी काम गरिरहेको समेत आरोप लगाएका छन् । यसकारण थप आर्थिक जटिलताको संकेत गरिरहेको उनीहरुको दाबी छ ।

‘त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : २९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल