पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त « Khabarhub

पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ ।

पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो । पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो । पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो ।

यूईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : २१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल