पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त « Khabarhub

पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ ।

पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो । पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो । पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो ।

यूईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : २१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।