रामेछाप बस दुर्घटना: थप ४ मृतकको पहिचान खुल्यो « Khabarhub

रामेछाप बस दुर्घटना: थप ४ मृतकको पहिचान खुल्यो


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा मृत्यु भएका १३ जनामध्ये थप ४ जनाको पहिचान खुलेको छ ।

आज मंगलवार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएका थप ४ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । यसअघि ९ जनाको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ ।

अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्ध तामाङ, ४५ वर्षीय राम बहादुर श्रेष्ठ, ६० वर्षीय नेमा तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घर भएकी ३६ वर्षीया धनमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताए ।

दुर्घटनामा परी घाइते २१ जनामध्ये ७ जनालाई केएमसी अस्पताल र ललितपुरस्थित बिएण्डबी अस्पतालमा रिफर गरिएको छ भने बाँकीको धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यी हुन् दुर्घटनामा परी ज्यान गुमाउने अन्य व्यक्ति:

ठुला तामाङ, (६० वर्ष) सुनापति–५ रामेछाप ।

खड्क बहादुर बिक, (३६ वर्ष) सुनापति–५ रामेछाप ।

समरिता तामाङ, (२६ वर्ष) सुनापति–४ रामेछाप ।

सुदीप गजमेर, (१८ वर्ष) पाँचखाल–८ काभ्रे ।

बिपना तामाङ, (२२ वर्ष) सुनापति–५ रामेछाप ।

शुभलक्ष्मी मानन्धर, (६० वर्ष) मण्डन देउपुर नगरपालिका –९ काभ्रे ।

सन्जु आले मगर, (३६ वर्ष) सुनापति–५ रामेछाप, खनियापनी ।

कुल बहादुर बिक, (४० वर्ष) पाँचखाल–८ काभ्रे ।

कमल तामाङ, (२५ वर्ष) रोशी गाउँपालिका–४ काभ्रे ।

 

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ०९ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।