कर्णाली सरकारको प्रगति विवरण : १६ किलोमिटर सडक कालोपत्रे « Khabarhub

कर्णाली सरकारको प्रगति विवरण : १६ किलोमिटर सडक कालोपत्रे


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले १६ किलोमिटर सडक कालोपत्रे गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आयोजना गरेको प्रगति समीक्षामा यो विषय सार्वजनिक गरिएको छ ।

प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजनिक गरेको थियो । त्यस्तै ग्रावेल ११३ किलोमिटर , नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजनिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।

सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती दोहोर्‍याउन समेत आग्रह गरेका थिए ।

सबै भन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालय लगायतका ठूला विकासका काम गर्दै आएको छ । कर्मचारी अभावका कारण काम गर्न समस्या भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराएको छ ।

यो वर्षमा अधुरा योजनाहरू पुरा गर्नका लागि अधिकांश बजेट खर्चिएका कारण परिणाम देखिने कर्णाली सरकारको दाबी रहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : २६ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली