सुर्खेतमा ८ हजार ६ सय २० मतदाता थपिए « Khabarhub

सुर्खेतमा ८ हजार ६ सय २० मतदाता थपिए


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो ।

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो । सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो । अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने प्रदेश निर्वाचन प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।

१३ चैत २०७८ मा प्रकाशन भएको मतदाता सूचीअन्तर्गत सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जनाको मतदाता थिए । १९ साउनसम्म प्रदेश निर्वाचन कार्यालयले सुर्खेतमा आठ हजार ६ सय २० जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ । प्रदेश र संघको निर्वाचनमा सुर्खेतमा दुई लाख ४६ हजार मतदाता हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १ : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका