चीनसँग तनाव उत्पन्न हुन सक्ने सम्भावनाबीच अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ « Khabarhub

चीनसँग तनाव उत्पन्न हुन सक्ने सम्भावनाबीच अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले नियमित मिनेटम्यान ३ क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जनाएअनुसार सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको जनाएको छ ।

अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : १९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा