जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता « Khabarhub

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् ।

‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न सँगै काम गर्नेछौं,’ किशिदाले पेलोसीसँगको भेटपछि उल्लेख गरेको जापानी समाचार संस्था क्योदो न्युजले जनाएको छ ।

‘चीनको व्यवहारले यस क्षेत्र र विश्वको शान्ति र स्थायित्वमा गम्भीर असर पारेको छ र हामीले चीनलई त्यस किसिमका अभ्यास तत्काल रोक्न आह्वान गरेका छौं,’ उनले भने।

जापान सरकारले बिहीबार आफ्नो विशेष आर्थिक क्षेत्रमा चिनियाँ सेनाले पाँच वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको घटनाप्रति निन्दा गर्दै यसलाई ‘अत्यन्त जबरजस्ती’ कार्यको संज्ञा दिएको छ ।

सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियामा चीनले लाइभ फायर ड्रिलहरू सञ्चालन गरिरहेको छ । चीनले हिजो मात्रै प्रक्षेपण गरेको क्षेप्यास्त्र ओकिनावाको दक्षिणी प्रान्तको हातेरुमा टापुको दक्षिणपश्चिममा रहेको क्षेत्रमा खसेको थियो ।

जापानको क्योदो समाचार संस्थाले जापानले चीनलाई तुरुन्तै सैन्य अभ्यास बन्द गर्न आग्रह गरेको उल्लेख गरेको छ। ‘यो एउटा गम्भीर विषय हो जुन हाम्रो देशको राष्ट्रिय सुरक्षा र जनताको सुरक्षासँग सम्बन्धित छ,’ जापानी रक्षामन्त्री नोबुओ किशीले बताएका छन् ।

फुमियो किशिदा सरकारले चिनियाँ सरकारसमक्ष कूटनीतिक विरोध जनाइसकेको छ । अगस्ट ४ मा चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी जलक्षेत्रमा थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रक्षेपण गरेको छ । यसका कारण ताइवानको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको छ र यस क्षेत्रमा क्षेत्रीय तनाव पनि बढाएको छ ।

लाइभ फायर ड्रिलहरू टापुको वरिपरि रहेका विभिन्न सात क्षेत्रहरूमा शुरु गरिएको छ । चिनियाँ जनमुक्ती सेना पीएलएले ताइवानको जलक्षेत्र र हवाई क्षेत्र नजिक संयुक्त लडाइ प्रशिक्षण अभ्यास आयोजना गरेको सिन्ह्वा समाचार एजेन्सीले यस अघि नै जनाइसकेको छ ।

बढ्दो सैन्य गतिविधिले यस क्षेत्रको राजनीतिक र सामरिक सन्तुलनमा फेरबदल आउँन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको जवाफमा सैन्य अभ्यासको रूपमा गरिएको जापानको विशेष आर्थिक क्षेत्रमा चीनको मिसाइल प्रक्षेपणको पनि अमेरिकाले निन्दा गरेको छ।

राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन किर्बीले बिहीबार एक ब्रिफिङ्गमा भनेका छन्– ‘हामी यी कार्यहरूको निन्दा गर्छौं जुन गैरजिम्मेवार छन् । यी कार्यहरू ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्ने हाम्रो लामो समयदेखिको लक्ष्यसँग बाझिएको छ।’

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : २५ बजे

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

काठमाडौं– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद

ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बनियानी– झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा

‘हेल्लो पूर्वाधार’ सेवा सुरु

काठमाडौं- पूर्वाधार विकास मन्त्रालयले नागरिकका समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने

रवीन्द्र मिश्रको टिप्पणी : रास्वपाका केही सांसदमा अत्यधिक अहंकार देखियो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्ववरिष्ठ नेता रवीन्द्र मिश्रले

यी नेताहरूको पद अहिले नै सुरक्षित, सय केन्द्रीय सदस्यमा मात्रै हुनसक्छ निर्वाचन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमार्फत् १ सय ५८ जना