उदयपुरमा २९ करोड बेरुजु « Khabarhub

उदयपुरमा २९ करोड बेरुजु


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ । प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएको छ ।

कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाँङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६/०७७ भन्दा झन बेरुजु बढेर आएको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ८५ करोड २७ लाख ७४ हजारमध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यसअघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो ।

त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ६२ लाख १६ हजारमध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यसअघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्ब ८१ करोड ३१ लाख ३३ हजारमध्ये २.१८ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोड ९६ लाख ३८ हजार बेरुजु थियो । लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकममध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४.२९ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।

बेलका नगरपालिकासहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यसअघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु घटेर १.९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्ब ५६ करोड ३९ लाख २१ हजारमध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।

ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजारमध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्ब १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १ अर्ब २१ करोड ८८ लाख ६ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यसअघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ३० बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु