‘ओलीको गुप्तचरी गरेका छैनौँ’ « Khabarhub

‘ओलीको गुप्तचरी गरेका छैनौँ’


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केही सञ्चार माध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका हुन् ।

उनले यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गरेका छन् । साथै प्रवक्ता कार्कीले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा संवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि बताए।

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले मध्य भोटेकोसी प्रसारण लाइन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने, निक्षेप सुरक्षणको सीमा तीन लाखबाट वृद्धि गरी पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने  करिब १४ अर्ब ६९ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

त्यस्तै मन्त्रीपरिषद्ले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने, मन्त्रिपरिषद्को  सहसचिव दीपक काफ्लेलाई सचिवमा बढुवा गर्ने र लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ४ : ४३ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर