गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट « Khabarhub

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत  एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् । फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ ।

‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो विमर्श भयो । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो’। उनले लेखेकी छन् ।

उनले  सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने समेत बताएकी छन् । ‘आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म  फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु’, उनले भनेकी छन् ।   यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति उनले माफी मागेकी छन् । 

 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका