दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु « Khabarhub

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण कोरियामा एक अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए ।

चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार शुक्रबार विहान १०:१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगलागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ४७ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६