विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन् । उनले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्षसमेत रहनुभएका गृहमन्त्री खाणले समितिको १४औँ बैठकमा भने, ‘पूर्वतयारीका कारण नोक्सानी घटेको छ, भविष्यमा पनि नागरिकको जीवन तथा भौतिक सम्पत्ति जोगाउन सबै निकाय परिचालन गर्नुपर्ने दायित्व रहेको छ ।’

मन्त्री खाणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाटो अवरुद्ध हुनेलगायत घटनामा सबै सरकारी तथा सुरक्षा निकाय एवं सरोकारवाला संस्थासँग एकीकृत रुपमा काम गर्न निर्देशन दिएको पनि जानकारी दिए ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

सुरक्षा अधिकारीहरूले उदयपुरको सप्तकोसी बाढीलगायत मनसुनजन्य विपद्का घटनाको सन्दर्भमा आफ्नो निकायले गरिरहेका कार्य तथा तयारीबारे जानकारी गराए । विश्व खाद्य कार्यक्रमका आपत्कालीन संयोजक रतीन्द्र खत्रीले मानवीय सहायता केन्द्रमा रहेको आपत्कालीन सामग्रीको मौज्दातको अवस्था, नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले सप्तकोसी बाढीबाट उदयपुरको वेलका नगरपालिकाका प्रभावितलाई उपलब्ध गराइएको राहतबारे जानकारी गराए ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १० : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका