विश्व इतिहासमा आज : बेनेलक्सको स्थापनादेखि मदर टेरेसाको निधनसम्म  « Khabarhub

विश्व इतिहासमा आज : बेनेलक्सको स्थापनादेखि मदर टेरेसाको निधनसम्म 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २० गते सोमबार । सन् २०२२ को सेप्टेम्बर ५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९७७ सेप्टेम्बर ५ मा भारतीय मिसनरी तथा नोबेल पुरस्कारले विभूषित मदर टेरेसाको निधन भएको थियो । उनको हृदयाघातको कारण निधन भएको थियो ।

सन् १९७७ सेप्टेम्बर ५ मा नासाले फ्लोरिडाबाट ‘भोयेजर १’ प्रक्षेपण गरेको थियो ।

सन् १९७५ सेप्टेम्बर ५ मा क्यालिफर्नियाको स्याक्रामेन्तोमा राष्ट्रपति जेराल्ड फोर्डमाथि हत्याको प्रयास भएको थियो ।

सन् १९७२ सेप्टेम्बर ५ मा म्युनिख ओलम्पिकमा नरसंहार भएको थियो । ओलम्पिक गाउँको अपार्टमेन्टमा बसेका इजरायली खेलाडीमाथि प्यालेस्टिनी आतंकवादीहरुले हमला गर्दा १२  जनाको मृत्यु भएको थियो । साथै ९ खेलाडीलाई बन्धक बनाएको थियो ।

सन् १९४४ सेप्टेम्बर ५ मा आर्थिक र राजनीतिक संघ बेनेलक्सको स्थापना भएको थियो । सो संघमा बेल्जियम, नेदरल्याण्ड्स र लक्जमबर्गको सदस्यता थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्