काठमाडौँ – आज २०७९ साल भदौ २० गते सोमबार । सन् २०२२ को सेप्टेम्बर ५ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :
सन् १९७७ सेप्टेम्बर ५ मा भारतीय मिसनरी तथा नोबेल पुरस्कारले विभूषित मदर टेरेसाको निधन भएको थियो । उनको हृदयाघातको कारण निधन भएको थियो ।
सन् १९७७ सेप्टेम्बर ५ मा नासाले फ्लोरिडाबाट ‘भोयेजर १’ प्रक्षेपण गरेको थियो ।
सन् १९७५ सेप्टेम्बर ५ मा क्यालिफर्नियाको स्याक्रामेन्तोमा राष्ट्रपति जेराल्ड फोर्डमाथि हत्याको प्रयास भएको थियो ।
सन् १९७२ सेप्टेम्बर ५ मा म्युनिख ओलम्पिकमा नरसंहार भएको थियो । ओलम्पिक गाउँको अपार्टमेन्टमा बसेका इजरायली खेलाडीमाथि प्यालेस्टिनी आतंकवादीहरुले हमला गर्दा १२ जनाको मृत्यु भएको थियो । साथै ९ खेलाडीलाई बन्धक बनाएको थियो ।
सन् १९४४ सेप्टेम्बर ५ मा आर्थिक र राजनीतिक संघ बेनेलक्सको स्थापना भएको थियो । सो संघमा बेल्जियम, नेदरल्याण्ड्स र लक्जमबर्गको सदस्यता थियो ।
प्रतिक्रिया