ठाकुर गैरे पाल्पा क्षेत्र नं २ बाट एकल सिफारिस « Khabarhub

ठाकुर गैरे पाल्पा क्षेत्र नं २ बाट एकल सिफारिस


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले पाल्पाबाट उम्मेदवार सिफारिस गरेको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य बन्न पाउँछन् । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र विष्णु जिसीको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा भने एमाले पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरेको एकल उम्मेदवारी परेको छ ।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रुपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा (क)  बाट  राजुप्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने र कृष्णबहादुर सारु तथा महिलातर्फ सञ्जु परियार र ईश्वरी खनाल सिफारिस भएका छन्।

प्रदेशसभामा (ख) बाट कृष्णप्रसाद रेग्मी, खेमबहादुर सारु, विनोदकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, तुल्सीराम भुसाल, विमल काफ्ले, विजय रानाभाट, ईश्वरी न्यौपाने र एकप्रसाद भण्डारी तथा महिलातर्फ उर्मिला अर्याल र कल्पना केसी सिफारिस भएका छन् ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : २६ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने