सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस « Khabarhub

सञ्चारमन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुन् ।

केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए।

उनका अनुसार सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ डा अबुल हुसेन अन्सारी, डिल्ली कार्की, जमिल अख्तर अजाद मियाँ, राधिका कटुवाल, अलाउद्दीन हुसेन, इरुफान मियाँ, मीरा पोखरेल, चनरदेव मेहता र टीकाबहादुर कटुवाल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट १० जनाको नाम सिफारिस गरिएको छ ।

यसरी सिफारिस हुनुहुनेमा रेवतीरमण दुलाल, उपेन्द्रबहादुर कटुवाल, सदानन्द मण्डल, मनोजकुमार साह, सुरेन्द्रप्रसाद गुप्ता, सुशीला खनाल पौडेल, मो वाजुद्दीन मन्सुरी, प्रमोद खेरवार, ओम कोइराला र ताराबहादुर कार्की छन् ।

त्यसैगरी क्षेत्र नम्बर ४(क)बाट समानुपातिकमा १५ जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति अयुव अन्सारीले जानकारी दिए ।

समानुपातिकतर्फ फरिदा खातुन, अनु गुरुङ, पङ्कजकुमार महतो, राधिका कटुवाल, अमरेन्द्रकुमार मेहता, बाबुराम विष्ट, रुपाकुमारी साह, भीमसिंह गुुरुङ, चम्पा अधिकारी, मुना, बह्मदेव मरवैता, भीम कटुवाल, जीवन विष्ट, चित्रबहादुर कार्की, बाबुनन्द यादव र शङ्करकुमार बस्नेत सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ४(ख)बाट प्रत्यक्षमा इस्राइल मन्सुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँउ, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४(ख) बाट समानुपातिकमा २१ जनाको नाम सिफारिस भएको छ ।

समानुपातिकमा नन्दकुमार सिग्देल, अम्बिका घिमिरे, फरिदा खातुन, अञ्जुदेवी मेहता, कृष्णकुमार भगत(बब्लु), गङ्गाराम मण्डल, ममता मेहता, जमुना गौतम पोखरेल, सुनिलकुमार पोखरेल, परमानन्द मेहता, रमानन्द पण्डित, ऋतुराज पोखरेल, विनिता दाहाल, रवीन्द्रकुमार मेहता, सेहनाज बेगम, विन्दुकुमारी पन्त, मञ्जुदेवी मण्डल, चञ्चल ठाकुर, ऋषिराम सुवेदी, मन्जुदेवी मण्डल र मीरा मण्डल सिफारिस हुनु भएको क्षेत्रीय सचिव खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ७ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्