मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल « Khabarhub

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुर्दै कर्णाली प्रदेश अस्पताल


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति तयारी भएर बसेकाले काम सुरु हुने डाक्टर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ४४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्