‘ऊर्जाको प्रतिवेदनमा मन्त्री र कुलमानको बदमासी छ’ « Khabarhub

‘ऊर्जाको प्रतिवेदनमा मन्त्री र कुलमानको बदमासी छ’



ऊर्जाको महत्व के छ, आज श्रीलंका कसरी श्रीलंका बन्यो त भन्दा आम मान्छेको लागि ऊर्जा नभएर हो नि । आज बंगलादेश किन लोडसेडिङमा छ । आउने चुनावमा वर्तमान सरकारले हार्छ कि भन्ने कुरा भएको छ किन भने ऊर्जाको उपलब्धता नभएर हो नि ।

२००६ मा यही सरकारले लोडसेडिङलाई अन्त्य गरेर आएको हो नि ? त्यसैले ऊर्जाको महत्व धेरै छ । नेपालको सन्दर्भमा खाद्यान्नको खर्च पछि सबै भन्दा धेरै खर्च हुने विषय ऊर्जा हो ।

गत साल हाम्रो करिब १०१ अर्बको बिजुली बिक्री भयो । यो भनेको १० प्रतिशत भन्दा कम ऊर्जा यसले आपूर्ति गर्छ । जुन सबै ऊर्जा क्षेत्रको १० प्रतिशत हो । १० प्रतिशत भन्दा कम चाहिँ बिजुली आपूर्ति गर्छ । १५ देखि १६ खर्बको बजेटमा १० खर्बको ऊर्जा हो । त्यो पनि आयातित ऊर्जामा यति आधारित हो कि आफ्नो ऊर्जा दाउरा बढ्न नसक्ने विद्युतलाई अलिकति उत्पादनमा राम्रो भएको थियो ।

६१ अर्बको ग्यास हामी आयात गछौँ । त्यसैले हामीले ऊर्जाको संरक्षण गरेनौँ भने यो देश श्रीलंका र बंगलादेश बन्न धेरै समय लाग्दैन । पहिला त राज्यलाई राम्रो धन्यवाद दिनु पर्दछ । किनभने राज्यको राम्रो नीतिले गर्दा ऊर्जाको क्षेत्रको विकास भएको हो ।

सबै साथीभाइ पत्रकारहरू सबै मिलेर सरकारले नीति ल्याएर हामी यो क्षेत्रमा आएको हो । सबै क्षेत्र बिग्रिएको अवस्थामा एउटा ऊर्जा क्षेत्र राम्रो भएको छ । गत साल झन्डै २७ प्रतिशतको बिजुली बिक्री भयो ।

नेपाल विद्युत प्राधिकरणले यो हुँदैन भन्छन् । एकै वर्षमा २७ प्रतिशत ग्रोथ संसारमा कुनै देशमा हुँदैन विकसित मुलुकमा पनि ५ प्रतिशत हुन्छन् । विकास उन्मुखमा १० देखि १२ प्रतिशत बढ्दा पनि ऊर्जाको माग भयंकर बढ्यो भनेर त्यो म्यानेज नै गर्न सक्दैन ।

यसरी हाम्रो २७ प्रतिशत ग्रोथ हुने क्षेत्रलाई हामीले परिबन्धमा पायौँ भने देश श्रीलंका हुन्छ । हामीले ३२० अर्बको त पेट्रोलियम पदार्थको आयात गर्‍यौँ ।

इन्पुट हेर्ने हो भने ५५ प्रतिशतले घटेको छ । आजको ब्यालेन्स अफ पेमेन्ट के हो भने आयात हो । सबै चिजमा आयात घटाउनु पर्याे भन्ने मात्र हुन्छ ।

ऊर्जा मन्त्रालयका मन्त्रीहरूले निजी क्षेत्रको टाउकोमा टेकेर आफ्नो धरातल बिर्सिएर निजी क्षेत्रको आवश्यकता छैन भनेर प्रत्यक्ष रूपमा भन्न थाल्नु भएको छ । त्यसको लागि हामी बोल्नु पर्दछ ।

हामी व्यापारीलाई किन राष्ट्रसेवक बन्नु पर्याे । हामी सुनमा जाउला त्यो बेचौँला । घरमा जाउला त्यो बेचौँला । तर यति दुख गरेर हामी यहाँसम्म आएका छौ । त्यही हिसाबले म यहाँ आएको हुँ ।

ऊर्जा क्षमता हेर्ने हो भने २५ प्रतिशत छ । आउने २ वर्षमा सम्पूर्ण नेपालीले बत्ती पाउँछ भनेर कुलमान घिसिङजीले भन्नु भएको छ ।

लोडसेडिङमा कुलमान जीको धेरै नाम आयो । त्यसमा हाम्रो नाम आएन त्यसमा हामीले खासै काम पनि गरेको हैन । हामी म र आईजिबी शैलेन्द्र श्रेष्ठ दुई जना मन्त्रीकोमा गएर डेडिकेटेड लाइनले धेरै २८० मेगावाट लाइन लिएको छ । त्यहाँबाट तपाइले लोडसेडिङ गर्नु हुन्छ, काटिदिनुहोस् ७ देखि ८ बजेको बीचमा सबैलाई भनेर भनेको हौँ ।

यति राम्रो सँग अगाडि बढेको क्षेत्र बैंकिङ क्षेत्र झन्डै ६०० अर्ब अगाडि गइसकेको छ आई बिपीको १३० बाट १५३२ मेगावाट आइसकेको छ । पहिलाको खिम्ती प्रोजेक्हरुलाई छोड्दा रियलमा हामीले गति बढाएको छ । आज १८ वर्ष भयो । निजी क्षेत्रलाई रोक्ने जुन नीतिहरू आएका छन् । ती एकदमै गलत छन् ।

करिब ७००० मेगावाट भनौँ सजिलोको लागि बनिसकेको प्रोजेक्टहरुमा मात्र ४०,००० गिरावट राख्यो । यो ‘क्यु’ भनेको साह्रै राष्ट्रघाती छ । यसले भएको चिजलाई महँगो गरेर निजी क्षेत्रलाई हटाउने भनिएको छ ।

अहिले विद्युतको ७७१ मेगावाट बनेकोमा करिब ९ रुपैयाँ ३० पैसाले ४० अर्बको उत्पादन क्षमता बढ्यो । गएको आर्थिक वर्षमा यसले जिडिबिमा १ प्रतिशत गरेको अवस्था छ । त्यसैले यो देशमा कतै विकास भयो भने त्यसलाई हटाउन सबै लागि परेको छन् ।

त्यसैले अहिले जुन नीति आएको छ, त्यसले जनश्रोतलाई शून्य गर्दिन्छ । विद्युत प्राधिकरण र कर्मचारी तन्त्रले घुस खान नपाएर यस्तो योजना बनेका हुन्, जस्तो मलाई लाग्छ ।

निजी क्षेत्रले यति राम्रो सँग अगाडि बढेको बेलामा सरकारले जुन नीति अहिले राखेको छ त्यसमा जति वर्ष राखे पनि हामी किन लगानी गर्न आउने ? यसमा मन्त्रालयको मन्त्री कुलमानजी, सचिवहरूको बदमासी छ । म उहाँहरूलाई सोझै च्यालेन्ज गर्न तयार छु ।

(खबरहबले आयोजना गरेको नेपालको जलविद्युतको विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनका विषयमा ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राखेको धारणाको सम्पादित अंश)

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : १३ बजे

नयाँ लाइसेन्स अन्तर्राष्ट्रियस्तरको रहेको सरकारको दाबी

काठमाडौं- सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत छापिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन