'ऊर्जाको प्रतिवेदनमा मन्त्री र कुलमानको बदमासी छ' | Khabarhub Khabarhub

‘ऊर्जाको प्रतिवेदनमा मन्त्री र कुलमानको बदमासी छ’



ऊर्जाको महत्व के छ, आज श्रीलंका कसरी श्रीलंका बन्यो त भन्दा आम मान्छेको लागि ऊर्जा नभएर हो नि । आज बंगलादेश किन लोडसेडिङमा छ । आउने चुनावमा वर्तमान सरकारले हार्छ कि भन्ने कुरा भएको छ किन भने ऊर्जाको उपलब्धता नभएर हो नि ।

२००६ मा यही सरकारले लोडसेडिङलाई अन्त्य गरेर आएको हो नि ? त्यसैले ऊर्जाको महत्व धेरै छ । नेपालको सन्दर्भमा खाद्यान्नको खर्च पछि सबै भन्दा धेरै खर्च हुने विषय ऊर्जा हो ।

गत साल हाम्रो करिब १०१ अर्बको बिजुली बिक्री भयो । यो भनेको १० प्रतिशत भन्दा कम ऊर्जा यसले आपूर्ति गर्छ । जुन सबै ऊर्जा क्षेत्रको १० प्रतिशत हो । १० प्रतिशत भन्दा कम चाहिँ बिजुली आपूर्ति गर्छ । १५ देखि १६ खर्बको बजेटमा १० खर्बको ऊर्जा हो । त्यो पनि आयातित ऊर्जामा यति आधारित हो कि आफ्नो ऊर्जा दाउरा बढ्न नसक्ने विद्युतलाई अलिकति उत्पादनमा राम्रो भएको थियो ।

६१ अर्बको ग्यास हामी आयात गछौँ । त्यसैले हामीले ऊर्जाको संरक्षण गरेनौँ भने यो देश श्रीलंका र बंगलादेश बन्न धेरै समय लाग्दैन । पहिला त राज्यलाई राम्रो धन्यवाद दिनु पर्दछ । किनभने राज्यको राम्रो नीतिले गर्दा ऊर्जाको क्षेत्रको विकास भएको हो ।

सबै साथीभाइ पत्रकारहरू सबै मिलेर सरकारले नीति ल्याएर हामी यो क्षेत्रमा आएको हो । सबै क्षेत्र बिग्रिएको अवस्थामा एउटा ऊर्जा क्षेत्र राम्रो भएको छ । गत साल झन्डै २७ प्रतिशतको बिजुली बिक्री भयो ।

नेपाल विद्युत प्राधिकरणले यो हुँदैन भन्छन् । एकै वर्षमा २७ प्रतिशत ग्रोथ संसारमा कुनै देशमा हुँदैन विकसित मुलुकमा पनि ५ प्रतिशत हुन्छन् । विकास उन्मुखमा १० देखि १२ प्रतिशत बढ्दा पनि ऊर्जाको माग भयंकर बढ्यो भनेर त्यो म्यानेज नै गर्न सक्दैन ।

यसरी हाम्रो २७ प्रतिशत ग्रोथ हुने क्षेत्रलाई हामीले परिबन्धमा पायौँ भने देश श्रीलंका हुन्छ । हामीले ३२० अर्बको त पेट्रोलियम पदार्थको आयात गर्‍यौँ ।

इन्पुट हेर्ने हो भने ५५ प्रतिशतले घटेको छ । आजको ब्यालेन्स अफ पेमेन्ट के हो भने आयात हो । सबै चिजमा आयात घटाउनु पर्याे भन्ने मात्र हुन्छ ।

ऊर्जा मन्त्रालयका मन्त्रीहरूले निजी क्षेत्रको टाउकोमा टेकेर आफ्नो धरातल बिर्सिएर निजी क्षेत्रको आवश्यकता छैन भनेर प्रत्यक्ष रूपमा भन्न थाल्नु भएको छ । त्यसको लागि हामी बोल्नु पर्दछ ।

हामी व्यापारीलाई किन राष्ट्रसेवक बन्नु पर्याे । हामी सुनमा जाउला त्यो बेचौँला । घरमा जाउला त्यो बेचौँला । तर यति दुख गरेर हामी यहाँसम्म आएका छौ । त्यही हिसाबले म यहाँ आएको हुँ ।

ऊर्जा क्षमता हेर्ने हो भने २५ प्रतिशत छ । आउने २ वर्षमा सम्पूर्ण नेपालीले बत्ती पाउँछ भनेर कुलमान घिसिङजीले भन्नु भएको छ ।

लोडसेडिङमा कुलमान जीको धेरै नाम आयो । त्यसमा हाम्रो नाम आएन त्यसमा हामीले खासै काम पनि गरेको हैन । हामी म र आईजिबी शैलेन्द्र श्रेष्ठ दुई जना मन्त्रीकोमा गएर डेडिकेटेड लाइनले धेरै २८० मेगावाट लाइन लिएको छ । त्यहाँबाट तपाइले लोडसेडिङ गर्नु हुन्छ, काटिदिनुहोस् ७ देखि ८ बजेको बीचमा सबैलाई भनेर भनेको हौँ ।

यति राम्रो सँग अगाडि बढेको क्षेत्र बैंकिङ क्षेत्र झन्डै ६०० अर्ब अगाडि गइसकेको छ आई बिपीको १३० बाट १५३२ मेगावाट आइसकेको छ । पहिलाको खिम्ती प्रोजेक्हरुलाई छोड्दा रियलमा हामीले गति बढाएको छ । आज १८ वर्ष भयो । निजी क्षेत्रलाई रोक्ने जुन नीतिहरू आएका छन् । ती एकदमै गलत छन् ।

करिब ७००० मेगावाट भनौँ सजिलोको लागि बनिसकेको प्रोजेक्टहरुमा मात्र ४०,००० गिरावट राख्यो । यो ‘क्यु’ भनेको साह्रै राष्ट्रघाती छ । यसले भएको चिजलाई महँगो गरेर निजी क्षेत्रलाई हटाउने भनिएको छ ।

अहिले विद्युतको ७७१ मेगावाट बनेकोमा करिब ९ रुपैयाँ ३० पैसाले ४० अर्बको उत्पादन क्षमता बढ्यो । गएको आर्थिक वर्षमा यसले जिडिबिमा १ प्रतिशत गरेको अवस्था छ । त्यसैले यो देशमा कतै विकास भयो भने त्यसलाई हटाउन सबै लागि परेको छन् ।

त्यसैले अहिले जुन नीति आएको छ, त्यसले जनश्रोतलाई शून्य गर्दिन्छ । विद्युत प्राधिकरण र कर्मचारी तन्त्रले घुस खान नपाएर यस्तो योजना बनेका हुन्, जस्तो मलाई लाग्छ ।

निजी क्षेत्रले यति राम्रो सँग अगाडि बढेको बेलामा सरकारले जुन नीति अहिले राखेको छ त्यसमा जति वर्ष राखे पनि हामी किन लगानी गर्न आउने ? यसमा मन्त्रालयको मन्त्री कुलमानजी, सचिवहरूको बदमासी छ । म उहाँहरूलाई सोझै च्यालेन्ज गर्न तयार छु ।

(खबरहबले आयोजना गरेको नेपालको जलविद्युतको विकासमा ऊर्जा मन्त्रालयको प्रतिवेदनका विषयमा ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राखेको धारणाको सम्पादित अंश)

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : १३ बजे

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत (तस्बिरहरु)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन

लगानी सम्मेलनको बाहनामा गिरीबन्धुलाई मालामाल

काठमाडौं- सरकारले लगानी सम्मेलनको बाहना बनाएर झापाको गिरीबन्धु टी स्टेटको

युट्यूबलाई वैकल्पिक मिडिया बनाउने यी योद्धा

काठमाडौं– केही समयअघिसम्म एकाध टेलिभिजनलाई श्रव्यदृश्य समाचारको मूलधार मानिन्थ्यो ।

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु