विभिन्न स्थानमा अवैध लागूऔषधसहित ७ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानमा अवैध लागूऔषधसहित ७ जना पक्राउ 


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं, कास्की, मोरङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ८ सय ग्राम गाँजा र नगद २० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१० अम्मरसिंह चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी धौलागिरि गाउँपालिका–१ बस्ने ३१ वर्षीय नगेन्द्र थापा लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नुर्फिन ५६ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट बागलुङतर्फ जाँदै गरेको ना.८ ख ९२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट १ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ३४ वर्षीय सन्तक कुमार खड्का छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका–२ ढाडेबाट १० केजी चरेशसहित सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : ३४ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम