नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग | Khabarhub Khabarhub

नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न नाट्टाको माग


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाली पर्यटकलाई विदेशमा सहज रुपमा घुम्न पाउने व्यवस्था गर्न माग गरेको छ । 

नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले हालसालै जारी गरेको ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमतिसम्बन्धी कार्यविधि-२०७९’ ले नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधान राखेको भन्दै त्यसलाई सच्याएर सहजरूपमा विदेश घुम्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।

सरकारले ल्याएको कार्यविधिले नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको नाट्टाले बताएको छ । ‘गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटना नियन्त्रणमा सरकारले गरेको काममा नाट्टाको समर्थन रहेको छ, तर विदेश भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यवसायीलाई निषेध र हतोत्साहित गर्ने नियतका साथ ल्याइएको कार्यविधिले पर्यटक व्यवसायी मर्कामा परेका छन्’, नाट्टाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले नेपाली पर्यटक गन्तव्य देशमा जानुपूर्व कम्तीमा दुई देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेबसाइटमा खुल्नेगरि होटल बुकिङको प्रमाण पेस गर्नुपर्ने, ट्राभल्स एजेन्सीले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणमा जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नपूर्व अध्यागमन विभागबाट स्वीकृत लिनुपर्ने, आफ्नो एजेन्सीमार्फत पर्यटक भिसामा गएका पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमनमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था पर्यटन व्यवसायी विरोधी प्रावधान भएको बताएको छ ।

अध्यक्ष थापाले पर्यटन व्यवसायी र सम्बन्धित संघ संस्थाबीच छलफल नगरी ल्याएको कार्यविधिले नेपालको पर्यटन क्षेत्रको विकास हुन नसक्ने भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरे । नाट्टाले पर्यटकीय हिसाबले विदेश भ्रमणमा जान चाहने सबै नेपाली पर्यटक र भ्रमण व्यवस्थापन गर्ने ट्राभल्स एजेन्सी गैरकानुनी उद्देश्यबाट प्रेरित हुन्छन् भन्ने भाव झल्कने गरी ल्याइएको कार्यविधि अगाडि नबढाउन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : १४ बजे

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल

छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका