केही समय मै विद्युत् नपुगेको घर भेटिँदैन : उर्जामन्त्री भुसाल « Khabarhub

केही समय मै विद्युत् नपुगेको घर भेटिँदैन : उर्जामन्त्री भुसाल


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत् जडान हुने बताएकी छन् । बुटवलमा सोमबार आयोजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको र अब दुई वर्षभित्रै सबै घरमा चाहिए जति विद्युत् उपलब्ध गराउने सरकारको तयारी रहेको बताइन् ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमबार रुपन्देहीको मैनहियामा उद्घाटन उनले विद्युतीय उपकरण प्रयोग गर्न जाेड पनि दिइन् । ‘यातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधन प्रयोग गर्नुहोस्, विद्युतीय सवारी साधनका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने छ, त्यसैले म सवारी किन्न चाहनेहरूलाई विद्युतीय साधन नै किन्न अनुरोध गर्छु,’ उनले भनिन् ।

सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बंगलादेशमा बिक्री गरिने मन्त्री भुसालको भनाइ छ । ‘अहिले भारतमा दैनिक ४०० मेगावाट विद्युत् बिक्री भैरहेको छ, बंगलादेशसँग पनि ५० मेगावाट बिक्री गर्ने समझदारी बनेको छ.’ उनले भनिन् ।

उर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताइन् । सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने पनि उनले बताइन् । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अव यस क्षेत्रका उद्योगी व्यवसायीले मागे जति बिजुली पाउने पनि मन्त्री भुसालले बताइन् । अन्य आयोजनाहरू समयमै पूरा नहुने परिपाटीबीच यो आयोजना समयमै सम्पन्न भएकोमा उनले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिइन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्त्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ३४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली