अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र « Khabarhub

अलपत्र अवस्थामा तरकारी संकलन केन्द्र


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।

युएसएआइडीको सहयोग र टुकी सङ्घ सुनकोसीको सहकार्यमा सञ्चालन भएको सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । तरकारी उत्पादन गर्ने किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र बजारसम्म पुर्‍याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताए । 

यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन  केन्द्र पनि प्रयोगविहीन बनेको छ । गाउँपालिकाको पाँच लाख र युएनडिपीको एक लाख २० हजार गरी रु छ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवालले बताए । 

विसं २०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताए । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागिमात्रै ध्यानमा राखेर निर्माण गरिएको यी तरकारी संकलन केन्द्र एउटा उदाहरण बनेको छ । 

जिल्लाको नवलपुर र ज्यामिरेमा निर्माण गरिएको संकलन केन्द्र पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ तर निर्माण भएको तरकारी सङ्कलन केन्द्रसमेत प्रयोगमा नआउँदा सास्ती खेप्नुपरेको ज्यामिरेका बालमुकुन्द अधिकारीले गुनासो गरे । 

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ३ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्