चीनमा ६.८ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु « Khabarhub

चीनमा ६.८ म्याग्निच्युडको भूकम्प, सात जनाको मृत्यु


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । दक्षिणप्रश्चिम चीनको सिचुवान प्रान्तस्थित लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्थानीय समयअनुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी चेङदुमा पनि महसुस गरिएको थियो ।

राष्ट्रिय आपतकालीन प्रतिकार्य तथा उद्धार कार्यालयले उद्धार एवम् सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ३ : ५६ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका