अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड « Khabarhub

अबको दुई/तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गिन्छ : प्रचण्ड


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए।

“गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भने, “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।”

“अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ”, अध्यक्ष दाहालले भने, “त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।” हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ”, अध्यक्ष प्रचण्डको भनाइ थियो ।

गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गरे। अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे।

“संविधानले राष्ट्रपतिलाई एक पटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ”, अध्यक्ष दाहालले भने, “दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबाट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।”

यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामस्थित होटेल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), नेताहरू मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज गणेश साहले जानकारी दिए।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : ४४ बजे

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ

उपराष्ट्रपति भान्स बुधबार मात्रै इस्लामावाद पुग्ने, इरानी सहभागिता अझै अनिश्चित

काठमाडौं- इरानसँग दोस्रो चरणको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी

पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले