पाकिस्तानमा बाढी – १३ सयभन्दा बढीको मृत्यु, अर्बौँ डलर आर्थिक क्षतिको अनुमान « Khabarhub

पाकिस्तानमा बाढी – १३ सयभन्दा बढीको मृत्यु, अर्बौँ डलर आर्थिक क्षतिको अनुमान


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बितेका दुई महिनामा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी एक हजार तीन सय १४ जनाको मृत्यु भएको छ भने १२ हजार सात सय तीन जना घाइते भएका छन् ।

बाढीबाट तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् ।

बितेका २४ घण्टामा बाढीले बगाउँदा २४ जनाको ज्यान गएको तथा एक सय १५ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । उक्त प्रान्तमा १९ जनाले ज्यान गुमाएका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा तीन जनाको मृत्यु भएको तथा पञ्जाब प्रान्तमा एक जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका प्राधिकरणले पछिल्लो पटक जारी गरेको बाढीको अद्यावधिक विवरणमा जनाइएको छ । बलुचिस्तान र गिलगिट बाल्टिस्तान पनि बाढीको चपेटमा परेका छन् ।

खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन् । बाढीपहिराले तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५९ पुल भत्काएको, २० लाख एकड भन्दा बढी क्षेत्रफलमा लगाएको बाली नष्ट भएको, एक सय ९५ पसल बगाएको, नौ लाख ५९ हजार आठ सय ५८ भन्दा बढी घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ७१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा पाँच लाख १३ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । देशमा आपतकाल घोषणा गरिएको छ ।

साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ । बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न भरमग्दुर प्रयास भइरहेको जनाइएको छ ।

सरकारी एवम् गैरसरकारी संस्थाले उक्त केन्द्रसँगको समन्वयमा राहत तथा उद्धारका काम गरिरहेका छन् ।

बाढीबाट देशको भौतिक संरचनामा अकल्पनीय क्षति भएको छ । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब ५० करोड डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

देशका एक सय १८ जिल्ला बाढीको चपेटामा परेसँगै मुलुकको कुल जनसङ्ख्याको करिब ३७ प्रतिशत गरिबीमा धकेलिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : १४ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा