भक्तपुरका सरकारी अस्पताल क्यान्टिनमै कुहिएको मासु « Khabarhub

भक्तपुरका सरकारी अस्पताल क्यान्टिनमै कुहिएको मासु


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले गरेको अनुगमनमा भक्तपुरका सरकारी तथा निजी अस्पतालहरुमा सञ्चालित क्यान्टिनले कुहिएका मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ ।

नगरपालिका अनुगमन समितिले मंगलबार गरेको अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए ।

अनुगमनमा भक्तपुर अस्पतालमा सञ्चालित सदाबहार चमेना गृहमा फ्रिजमा बिग्रेर कुहिएको कुखुरा र राँगाको मासु राखेको पाइएपछि टोलीले नष्ट गरेको छ। त्यस्तै पाकेको र काँचो खाद्य वस्तुहरु एकै ठाउँमा राखेको, अखाद्य तेलमा पटक पटक खानेकुरा पकाएर प्रयोग गरिएको, भान्छा एकदमै फोहोर र गन्हाउने रहेको अवस्थामा भेटिएको उनले बताए ।

क्यान्सर अस्पतालको सुप्रिमु रेस्टुरेन्ट एण्ड मःमः हाउसले म्याद नाघेका चामललगायतका खाद्य सामग्री प्रयोग गरेको, भान्छा कोठा धुवाँ र तेलले कालो खार र फोहोर बनाएको, चिम्नीको व्यवस्था नगरेको र पसल दर्ता नगरेको पाइएको बताइएको छ ।

सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र अस्पतालमा सञ्चालित गुडविल रेस्टुरेन्ट एन्ड क्यान्टिनमा भान्छाको भुइँभित्ता फोहोर भएको, फोहोरको व्यवस्थित निकास नभएको, दर्ता प्रमाणपत्र पसलमा नभएको पाइएपछि टोलीले दर्ता प्रमाणपत्र लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

त्यस्तै इवामुरा अस्पतालमा रहेको सुनिता खाजा घरमा भान्छामा फोहोर रहेको, मूल्यसूची नराखेको, फ्रिजमा खाद्य वस्तुहरु, जुस र आइसक्रिमसँगै राखेको, विगत १० वर्षदेखि पसल दर्ताबिना नै सञ्चालनमा रहेकोले तीन दिनभित्र वडा कार्यालयमा उपस्थित हुन नगरपालिकाले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ८ : ३६ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको