ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने « Khabarhub

ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले देशभरका ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि ज्योतिष परिषद्सँग परामर्श लिने बताएका छन् ।नेपाल ज्योतिष परिषद्को आज यहाँ आयोजना गरिएको २४ औँ वार्षिक अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबै ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष परिषद्सँग परामर्श लिने बताए ।

‘ज्योतिष, धर्मशास्त्र र तन्त्रमन्त्र, वास्तु एक अर्का परिपूरक हुन्, यसको रक्षाका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ’ उनले भने। अध्यक्ष अधिकारीले आफूले कमाएको सम्पत्ति शुद्धिको निम्ति धर्म संस्कृतिको संरक्षणको क्षेत्रमा दान गरेमात्र पुण्य प्राप्ति हुने बताए ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले ज्योतिषीहरू आचारसंहितामा बसेर ज्योतिषीय कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले आगामी पुस २४ गते परिषद्को २५औँ रजत जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्दै वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । दुई वर्षे कार्यकालमा परिषद्को भवन निर्माण सम्पन्न गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्ट, राष्ट्रिय ज्योतिष विज्ञान समितिका अध्यक्ष तिलकराज पौडेललगायतले अधिवेशनको शुभकामना दिएका थिए।

विसं २०५५ सालमा स्थापना भएको परिषद्ले देशभरका सातवटै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवं कार्यालय सचिव शिवलाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ५० बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ