मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना « Khabarhub

मुख्यमन्त्री राईद्वारा दशैँको शुभकामना


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

‘नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान गरेका छन्।’ मुख्यमन्त्री राईले प्रकाशन गरेको शुभकामना वक्तव्यमा भनिएको छ ।

‘नेपालका सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक रहेकाले पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।’ उनले भनेका छन्।

उनले सो सन्देशमा भनेका छन्, ‘हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न र संविधान, गणतन्त्र तथा सङ्घीयताको रक्षाका लागि लाग्न सबैसँग अपिल गर्दछु।’

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १२ : ०१ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक