जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाइले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा (क) र (ख) हेर्ने गरी सो कार्यालय स्थापन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला जिल्लामा ६८ हजार आठ सय २८ मतदाता रहेका छन् । यीमध्ये महिला ३३ हजार पाँच सय चार जना रहेका निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाईंले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ४ : ५० बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री