आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी   « Khabarhub

आधुनिक घट्टले खुड्खुडीमा फेरियो दैनिकी  


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका- ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे।

हिँडेर घट्ट पुगे पनि सित्तिमित्ती पालो पाउँदैनन् थिए। दुईदेखि चार घण्टा पालो कुरेपछि मात्रै पिसेर घर फर्किन्थे। बिहान भिसमिसेमै घट्ट पुगे बेलुका अबेर मात्रै फर्कन सक्थे।

तर, अचेल उनको दिन फेरिएका छन्। गहुँ, मकै पिसानी गर्न दु:खै छैन। गाउँ आधुनिक घट्ट निर्माणसँगै खुड्खुडीका बासिन्दामा यो परिवर्तन आएको हो। ठाटीकाँध- ३ माझखर्ककी मैनकला शाहीका दुःख पनि आलेजस्तै थिए। बिहान भालेको डाकोसँगै उठ्थिन। कुम्लोकुटिरो बोकेर टार्च बालेर एक महिनालाई पुग्ने गहुँ पिस्न तीनदेखि चार घण्टाको बाटो हिँडेर रामघाट खोला पुग्थिन्। सित्तिमित्ती घट्ट पिस्ने पालो पाउँदैन तियो। घट्टमा भीड हुन्थ्यो।

अगाडी पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले सम्झिन्छिन् उनी। लालबहादुर र मैनकला जस्तै यहाँका एक सय चार घर परिवारका समस्या उस्तै थिए। तर, अहिले दिन फेरिएका छन्। ठाटीकाँध गाउँपालिका-३ खुड्खुडीमा आधुनिक घट्ट निर्माण  भएपछि यहाँका एक सय चार घरधुरी लाभान्वित भएका हुन्। अहिले आधा-एक घण्टामै घट्ट पिस्ने सुविधा छ।

उनीहरूका अब मकै गहुँ पिस्ने समस्या टरेको छ। ठाटीकाँध गाउँपालिका र युएनडिपीको आर्थिक सहयोगमा खुड्खुडी आधुनिक घट्ट निर्माण योजना सम्पन्न भएपछि एक सय चार घर लाभान्वित भएका हुन्  ।

ठाटीकाँध गाउँपालिका र युयनडिपीको सहयोग गरी कुल पाँच लाख ७५ हजार एक २२ रुपैयाँमा निर्माण सम्पन्न भएको घट्ट बाहकोट, खुड्खुडी र माँझखर्क विशालाका नागरिकका लाभान्वित भएका छन्। अन्न पिस्न आउनेहरूले प्रति बोरा ज्यालास्वरुप ५० र  ३० केजी पिसेबापत तीन कुरुवा अन्न कोषमा जम्मा गर्ने गर्ने गरेको आलेको भनाइ छ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ५ : १८ बजे

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको