तनहुँको भीमाद नगरपालिकामा एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन « Khabarhub

तनहुँको भीमाद नगरपालिकामा एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको भीमाद नगरपालिकाले एक विद्यालय, एक कम्प्युटर अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिकाभित्र रहेका ४३ विद्यालयलाई कम्प्युटर वितरण गरिएको छ ।

नगरपालिकाभित्र ४३ सामुदायिक तथा १२ संस्थागत विद्यालय सञ्चालनमा रहेको भीमाद नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिइन् । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई तालिम प्रदान गरेपछि कम्प्युटर उपलब्ध गराएको हो ।

नरपालिकाका जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाइसमेत हुन थालेको छ । नगरपालिकाका दुई आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माण गरिएको छ ।

सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न जिम्मेवार बनाइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाई वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।

विद्यालय तहदेखि खेल प्रतिभा प्रस्फुटनको वातावतरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदलाई प्रोत्साहन गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिइएको उनले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ०० बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको