सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी « Khabarhub

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ । उनले  मानव अधिकारको ‘विश्वास निर्माण गर्न र युद्धको अन्त्य गर्न, दिगो शान्ति निर्माणको सुरु गर्न’ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । 

सुडानको पाँच दिने भ्रमण पछि केन्याको राजधानीमा पत्रकारहरूसँगको साक्षातकारमा तुर्काले महत्वपूर्ण नागरिक पूर्वाधारमा आक्रमण भइ गम्भीर क्षति भएको बताएको उल्लेख गर्दै उस्तो चेतावनी दिएका छन् ।  

राष्ट्रव्यापी रुपमा बिजुलीको ७०५ आपूर्ति गर्ने हाइड्रोइलेक्ट्रिक पावर स्टेशन र एउटा प्रमुख मेरोवे बाँधमा द्रुत समर्थन बल (आरएसएफ) द्वारा प्रक्षेपण गरिएको ड्रोनले प्रहार गरेर क्षेतिग्रस्त बनाएको जनाएको छ । 

निरन्तरका आक्रमणहरूले अस्पतालहरूमा आवश्यक बिजुली प्रवाहमा बाधा पुर्‍याएको छ भने बालीका लागि सिँचाइमा बाधा पुर्‍याएको छ ।

 नागरिकहरूलाई  सफा पानीको पहुँचमा वञ्चित गरी रोग फैलाउन सजिलो बनाएको जनाइएको छ । यस्ता महत्वपूर्ण नागरिक पूर्वाधारमा भएका आक्रमणहरू गम्भीर उल्लङ्घन भएको भन्दै उहाँले जसलाई युद्ध अपराध मान्न सकिने बताएका छन् ।  

 सन् २०२३ अप्रिल– १५ मा सुडानी सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भए पछिको द्वन्द्वले हजारौँ नागरिकहरूको ज्यान लिएको छ भने लाखौँलाई हिंसाका कारण आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।  

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ३४ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार