ओलीलाई भीम रावलको प्रश्न : म ६७ वर्षको बूढो, तपाईँ ७० वर्षको तन्नेरी कसरी? « Khabarhub

ओलीलाई भीम रावलको प्रश्न : म ६७ वर्षको बूढो, तपाईँ ७० वर्षको तन्नेरी कसरी?


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन्।

शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूले भाषण गरिरहेका बेला रावलको पक्षमा नाराबाजी भए पछि ओलीले ‘सुदूरपश्चिममा धेरै रावल रहेकाले बूढो भीम रावलको चिन्ता नगर्न’ आग्रह गरेका थिए।

ओलीको सोही अभिव्यक्तिलाई लिएर रावलले आपत्ति जनाएका हुन्। गएराति सामाजिक सञ्जालमार्फत रावलले पाँच प्रश्नसमेत गरेका छन्। ‘म ६७ वर्ष लागेकालाई बूढो भन्ने हो भने ७० वर्ष कटिसकेका ओलीजी सांसद र फेरि प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’ रावलले लेखेका छन्।

साथै रावलले अध्यक्ष ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना