गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा | Khabarhub Khabarhub

गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्‍याउँथे । गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पुर्‍याउन पनि मुस्किल थियो । स्थानीय सरकार आएपछि तमानखोलामा गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना र सडक पुग्यो ।

गाउँमा सडक स्वास्थ्य संस्था स्थापना र मोटरबाटो नपुग्दा डोला र ढोकोमा बिरामी बोक्नुपर्ने स्थानीयवासीको बाध्यता अब हट्ने भएको छ । गाउँपालिकाले नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँमा एम्बुलेन्स आएपछि वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयवासी हर्षित छन् । एम्बुलेन्सले डोला र ढोकोमा बिरामी बोक्नुपर्ने अवस्थाबाट छुटकरा पाउनेमा उनीहरु विश्वस्त भएका हुन् ।

स्थानीयवासी प्रकाश घर्तीमगर भन्छन्, “गाउँपालिकाले एम्बुलेन्स ल्याएको देख्दा निकै खुसी लागेको छ, अब बिरामी हुँदा टाढा जानुपरे पनि समस्या हुने भएन, अहिले त गाउँमा पनि स्वास्थ्य संस्था खुलेका छन्, पहिलेको जस्तो सामान्य चोटपटक लाग्यो भने बुर्तिबाङ पुग्नुपर्दैन, उतिबेला अहिलेको जस्तो सुविधा थिएन, स्थानीय सरकारले राम्रो काम गर्‍यो, बाटो ल्यायो, पहिले त बिरामी परे ढोकोमा बोकेर अस्पताल पुर्‍याउनु पथ्र्यो, अहिले त्यस्तो समस्या छैन ।”

गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको छ भन्दै उनी स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको बताउँछन् । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनुपरेको नमिठो अनुभव व्यहोर्नुपरेको थियो तर एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकिने प्रकाश बताउँछन् ।

उनी भन्छन्, “अहिले बिमारीको उपचार गाउँमै हुन्छ, सिकिस्त र जटिल नभएसम्म टाढा जानुपर्दैन यहीँ उपचार हुन्छ, यहाँ उपचार हुन नसके मात्रै बुर्तिबाङ जानुपर्छ, पहिलेको जस्तो ढोकोमा बोकेर लैजान पर्दैन, पहिले त धेरैको समयमै उपचार पाउन नसक्दा अकालमै मृत्यु भयो, अहिले विकास भएको अनुभूति गरेका छौँ, त्यस्तो अवस्था छैन ।”

स्थानीयवासी नरबहादुर गोतामेल एम्बुलेन्स सञ्चालनपछि ग्रामीण क्षेत्रका नागरिकले सहज सेवा पाउने बताउँछन् । अहिलेसम्म आफूहरुले गाडीमा बिरामीलाई अस्पताल पुर्‍याउने गरेकामा एम्बुलेन्स सेवाले राहत मिल्ने उल्लेख गर्दै उनी भनेको समयमा गाडी नपाइने र पाइए पनि महँगो भाडा तिर्नुपर्ने रहेकामा अब स्थानीयवासीले बिरामी बोकेर अस्पताल पुर्‍याउनु समस्या नहुने बताउँछन् ।

“गाउँमा अहिले गाडी त चल्छ तर भनेको समयमा पाइँदैन, पहिले–पहिले बोकेरै अस्पताल पुर्‍याइन्थ्यो, गाडी चल्न थालेपछि त्यसैमा लैजान थाल्र्र्यौं, अब एम्बुलेन्स आयो, सजिलो हुने आशा छ”, नरबहादुर भन्छन्, “गाउँपालिकाले सबै नागरिकको समस्या बुझेछ, स्वास्थ्य संस्था नभएको ठाउँमा स्वास्थ्य संस्था स्थापना ग¥यो, एम्बुलेन्स पनि ल्यायो, थप व्यवस्थित पनि बनायो अब उपचारका लागि बाहिर जानुपर्ने भएन ।”

अघिल्लो आर्थिक वर्षमा एम्बुुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाइएको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले जानकारी दिए। तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले रु १९ लाख लागतको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर आफूहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको र स्वास्थ्य संस्था गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउँछन् । आफूले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएअनुसार अहिले एम्बुलेन्स ल्याइएको उनको भनाइ छ।

“हाम्रो पहिलो प्राथमिकता नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, नागरिकको जीवन रक्षा गर्नु हो, सोहीअनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका थियौँ, सोहीअनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ, अब यहाँका नागरिकले महँगो भाडा तिरेर गाडीमा बिरामीलाई अस्पताल पु¥याउने अवस्था अन्त्य भएको छ”, अध्यक्ष बुढामगर भन्छन् ।

आम नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उनी बताउँछन्।

गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १० : ५६ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा