‘जनतामाझ विश्वास लिएर जान्छौँ’ « Khabarhub

‘जनतामाझ विश्वास लिएर जान्छौँ’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट चितवन क्षेत्र नं ३ मा उम्मेदवार बनेका नेताले जनताकामाझ विश्वास लिएर जाने बताएका छन् । आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा प्रतिवद्धतापत्र र जनताको विश्वासका आधारमा निर्वाचन जित्ने उनीहरूले दाबी गरेका हुन् । नेकपा माओवादीका तर्फबाट चितवन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा भोजराज अधिकारीले किसानको धान थन्काउने समय भएकाले निर्वाचनमा माहोल बन्न कठिन भएको बताए । 

निर्वाचनका लागि पार्टीको वडा तहबाट समेत कार्यक्रम सञ्चालनमा ल्याइएको उनको भनाइ थियो । चितवन क्षेत्र नं ३ लोकतान्त्रिक वाम–गठबन्धनको राम्रो क्षेत्र भएकाले जित सुनिश्चित भए पनि अझै मेहनत आवश्यक रहेको उनले बताए । डा अधिकारीले भने, ‘राजनीतिक पाटीभित्र अनुशासन र जनताको विश्वासले निर्वाचित परिणाम आउनेछ ।’

गठबन्धनबाट प्रदेश ३ ९१० का उम्मेदवार बनेका प्रा.डा  सूर्यकान्त घिमिरेले दलभित्रको अनुशासन नै मुख्य करिडोरका रुपमा रहेको बताए । निर्वाचनमा मतदाता कता जान्छन् भन्ने कुरा सञ्चारमाध्यमका हातमा रहेकाले लोकतान्त्रिक वाम-गठबन्धनका पक्षमा सहयोग गर्न उनले आग्रह गरे।

क्षेत्र नं ३ ९२० का उम्मेदवार ठाकुर ढकालले देश रूपान्तरणका लागि वाम-गठबन्धन आवश्यक रहेको बताए । जनताको हित र संविधान, लोकतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा जिल्ला नेताहरूले आम नेता कार्यकर्तामा पार्टीको अनुशासनभित्र रहन अपिलसमेत गरेका छन् । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विषम परिस्थितिमा गठबन्धन बनेकाले यसलाई जोगाउनु कांग्रेस नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । व्यक्तिगत स्वार्थभन्दा पनि लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धन भएकाले गठबन्धनको मर्मभन्दा बाहिर गएर काम गर्न नसकिने उनको भनाइ छ । 

माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले माओवादीभित्रका समस्या समाधान भइसकेकाले निर्वाचनमा लाग्न सबैलाई आग्रह गरे। पार्टीभित्रका नेता कार्यकर्ताबीचको एकताले निर्वाचनलाई अघि बढाउँदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : २१ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय