सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज « Khabarhub

सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलालीको  टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ । 

कालोपत्र भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन् । ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ ।’ नगरपालिकाले बर्सेनि कालोपत्र गरेका सडकहरू एकदुई वर्षमै जीर्ण बन्ने गरेकाले नगरपालिकाले प्राविधिक सुधार ल्याउनुपर्ने स्थानीय वीरेन्द्र साउँदले जानकारी दिए ।

 सडकका खाल्डाखुल्डीकै कारण कैयौँ दुर्घटनामा नागरिकहरूले ठूलो मूल्य चुकाउनु परेको बताउँदै सडकलाई एकैनासको बनाउँदा दुर्घटनाको जोखिम कम हुने बताए । उनले भने, ‘केही दिनअगाडि रातिको समयमा मेरो मोटरसाइकल दुर्घटना भयो । हातमा चोट लाग्यो र उपचारका लागि नेपालगञ्ज पुग्नुपर्‍यो ।’ 

नगरपालिकाले तीन चरणमा कालोपत्र सडक मर्मतसम्भारको काम गर्दै आएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर नवराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक वर्ष सडक बोर्ड नेपालले मागका आधारमा कालोपत्र भएर बिग्रेका सडकलाई मर्मतसम्भारका लागि कुल लागतको ७० प्रतिशत बजेट उपलब्ध गराउँदै आएको छ । त्यसमा ३० प्रतिशत लगानी नगरपालिकाको रहन्छ । त्यसै अनुसार नगरपालिकामा एक किलोमिटर, सात सय आठ मिटर कालोपत्र सडक मर्मतसम्भारको काम भइरहेको छ । 

नगरपालिकाले ६७ लाख ४२ हजार  एक सय एक भ्याटसहितमा आयोजनाको सम्झौता गरेको इन्जिनियर जोशीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ०१ बजे

किन ओरालो प्रवृत्ति थामिएन नेप्सेमा ?

काठमाडौं– साताको तेस्रो कारोबारको दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज

३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा

काठमाडौं– नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै