सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज | Khabarhub Khabarhub

सडक मर्मतसम्भार भएपछि आवागमनमा सहज


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलालीको  टीकापुर नगरपालिका क्षेत्रमा सडक बोर्ड नेपालको साझेदारीमा नगर भित्रका विभिन्न सडकमा खाल्डाखुल्डीको मर्मतसम्भार भएपछि आवागमनमा सहज भएको छ । 

कालोपत्र भएर बिग्रेका सडकको मर्मतसम्भार भएपछि सवारी दुर्घटनामा समेत कमी आउने स्थानीय वीरेन्द्र रावल बताउँछन् । ‘सडकको अवस्था निकै नाजुक थियो केही हदसम्म भए पनि समाधान गर्ने प्रयास नगरपालिकाले गरेको छ ।’ नगरपालिकाले बर्सेनि कालोपत्र गरेका सडकहरू एकदुई वर्षमै जीर्ण बन्ने गरेकाले नगरपालिकाले प्राविधिक सुधार ल्याउनुपर्ने स्थानीय वीरेन्द्र साउँदले जानकारी दिए ।

 सडकका खाल्डाखुल्डीकै कारण कैयौँ दुर्घटनामा नागरिकहरूले ठूलो मूल्य चुकाउनु परेको बताउँदै सडकलाई एकैनासको बनाउँदा दुर्घटनाको जोखिम कम हुने बताए । उनले भने, ‘केही दिनअगाडि रातिको समयमा मेरो मोटरसाइकल दुर्घटना भयो । हातमा चोट लाग्यो र उपचारका लागि नेपालगञ्ज पुग्नुपर्‍यो ।’ 

नगरपालिकाले तीन चरणमा कालोपत्र सडक मर्मतसम्भारको काम गर्दै आएको नगरपालिकाका योजना प्रमुख इन्जिनियर नवराज जोशीले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक वर्ष सडक बोर्ड नेपालले मागका आधारमा कालोपत्र भएर बिग्रेका सडकलाई मर्मतसम्भारका लागि कुल लागतको ७० प्रतिशत बजेट उपलब्ध गराउँदै आएको छ । त्यसमा ३० प्रतिशत लगानी नगरपालिकाको रहन्छ । त्यसै अनुसार नगरपालिकामा एक किलोमिटर, सात सय आठ मिटर कालोपत्र सडक मर्मतसम्भारको काम भइरहेको छ । 

नगरपालिकाले ६७ लाख ४२ हजार  एक सय एक भ्याटसहितमा आयोजनाको सम्झौता गरेको इन्जिनियर जोशीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ०१ बजे

जनअपेक्षाअनुसार ऊर्जा विकासमा अग्रसर हुन मन्त्री खड्काको आह्वान

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनअपेक्षा अनुरूप विद्युत् विकासलाई

स्थानीय तहको खाता खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

काठमाडौं– स्थानीय तहको बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकको स्वीकृति

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट

कोशी प्रदेशसभा : निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

विराटनगर– कोशी प्रदेशसभामा आइतबारको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर