स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन  | Khabarhub Khabarhub

स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।  निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका  अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । हरेक पालिकाले स्थानीयस्तरमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएका उनले बताए । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । 

उक्त कार्यक्रमको अनुगमनसमेत पालिकाले नै गर्नेछ । उनले भने, ‘हरेक वडामा कम्तीमा एकजना स्वयम्सेविका खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । उनीहरूले  नमूना मतपत्रसहित मतदान कसरी गर्ने र  निर्वाचनमा किन भाग लिनेबारे सिकाउँदैछन् ।’ आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम मङ्सिर १ गते सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाता शिक्षाले मतबदरको सङ्ख्या घटाउने फुँयालको दाबी रहेको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ ।  प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक/एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ । निर्वाचन आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । 

बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५७ बजे

सङ्घीयता संवाद : गण्डकीको बजेट जनतालाई कि कार्यकर्तालाई ?

पोखरा– गण्डकी प्रदेशसभाले भर्खरै बजेट पारित गरेको छ । बजेट

नाटकीय खेलमा इङ्गल्यान्डले जित्यो उपाधि

काठमाडौं – इङ्गल्यान्डले यु-२१ युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ ।

परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

देशलाई खाद्यान्नमा आत्मनिर्भर हुनेगरी काम गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ