स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन  « Khabarhub

स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर बैतडीका सबै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ ।  निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका  अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । हरेक पालिकाले स्थानीयस्तरमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिएर मतदाता शिक्षा कार्यक्रमका लागि परिचालन गरिएका उनले बताए । समुदायस्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । 

उक्त कार्यक्रमको अनुगमनसमेत पालिकाले नै गर्नेछ । उनले भने, ‘हरेक वडामा कम्तीमा एकजना स्वयम्सेविका खटाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । उनीहरूले  नमूना मतपत्रसहित मतदान कसरी गर्ने र  निर्वाचनमा किन भाग लिनेबारे सिकाउँदैछन् ।’ आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम मङ्सिर १ गते सम्पन्न हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । मतदाता शिक्षाले मतबदरको सङ्ख्या घटाउने फुँयालको दाबी रहेको छ ।

यस्तै जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मतदान गर्ने तरिकाबारे जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको र नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिइन लागिएको जनाइएको छ । नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ ।  प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाको लागि एक/एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ । निर्वाचन आयोगले आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएकाले मतदान गर्न पाउने जनाएको छ । 

बैतडीमा प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : ५७ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२