प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र  « Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ । पोखरामा आएको सामग्रीबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतपत्र ढुवानी गर्ने काम गरिरहेको छ । जसअन्तर्गत कास्कीमा निर्वाचन सामग्री आइसकेको छ’, उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको छ भने प्रदेश कार्यालयबाट सामान सुरक्षित गर्ने काम भइरहेको छ ।’ मतदान अधिकृत नियुक्ति भइसकेपछि जिल्लाका एक सय ५० मतदान केन्द्रमा पुर्‍याउने उनले बताए । 

कार्यालयले जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइरहेको उनले जानकारी दिए। ‘प्रदेश निर्वाचन कार्यालयले सम्पूर्ण शिक्षक कर्मचारीको विवरण तयार गरी निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइसकेको छ’, उनले भने, ‘मतदान अधिकृतहरू यही २१-२२ गतेतिर नियुक्ति हुनुहुन्छ । उनीहरूको तालिम सकिएपछि पोखराको कार्यालयमा आएको सामग्री लिएर खटाइएको केन्द्रमा जानुहुन्छ ।’

आगामी मङ्सिर १ गते नै मतदान अधिकृतसँगै सामग्री मतदान केन्द्रमा पुग्ने उनले जानकारी दिए । कास्कीसहित गण्डकी प्रदेशका केही जिल्लामा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिँदै छिट्टै ११ वटै जिल्लामा सामान पुग्ने उनले बताए । निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन् । स्थानीय तहमा जस्तै यो चुनावमा पनि मास्क र स्यानिटाइजर थप भएका छन् । आयोगको सूचीमा मतपत्र र मतपेटिकासँग समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामग्रीलाई समेटिएको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन तयारी तीव्र बनाउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको र उजुरी परेको उनले जानकारी दिए। कार्यालयमा परेका उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । 

निर्वाचनमा सुरक्षा प्रयोजनका लागि कास्कीमा एक हजार पाँच सय ९६ म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल भर्ती भएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकासहित जिल्लाका चार गाउँपालिकामा उक्त सङ्ख्यामा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइने भएको हो । म्यादी प्रहरीलाई आवश्यक तालिम दिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

कास्कीमा भर्ना भएका म्यादी प्रहरीलाई शुक्रबारदेखि नै कार्यक्षेत्रमा खटाइएको प्रनाउ तिवारीले जानकारी दिए। ‘उनीहरुलाई तालिम दिने काम सकिएको छ पोसाक लिएर उनीहरु कार्यक्षेत्रमा खटिइसकेका छन्’, उनले भने, ‘म्यादी प्रहरीहरूको काम असोज ३० गतेदखि नै सुरु भएको हो । उनीहरुको काम निर्वाचन सकिएको चार-पाँच दिनसम्म हुन्छ ।’ 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : २३ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय