प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र  | Khabarhub Khabarhub

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी तीव्र 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कास्कीमा तयारी तीव्र बनाएको निर्वाचन कार्यालयले जनाएको छ । कास्कीमा निर्वाचन सामग्री जिल्लामा आइसकेको प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशले जनाएको छ । पोखरामा आएको सामग्रीबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको प्रदेश निर्वाचन कार्यालय, गण्डकीका सूचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतपत्र ढुवानी गर्ने काम गरिरहेको छ । जसअन्तर्गत कास्कीमा निर्वाचन सामग्री आइसकेको छ’, उनले भने, ‘निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र मिलाउने र सर्टिङ गर्ने काम भइरहेको छ भने प्रदेश कार्यालयबाट सामान सुरक्षित गर्ने काम भइरहेको छ ।’ मतदान अधिकृत नियुक्ति भइसकेपछि जिल्लाका एक सय ५० मतदान केन्द्रमा पुर्‍याउने उनले बताए । 

कार्यालयले जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइरहेको उनले जानकारी दिए। ‘प्रदेश निर्वाचन कार्यालयले सम्पूर्ण शिक्षक कर्मचारीको विवरण तयार गरी निर्वाचन अधिकृतको कार्यालयलाई बुझाइसकेको छ’, उनले भने, ‘मतदान अधिकृतहरू यही २१-२२ गतेतिर नियुक्ति हुनुहुन्छ । उनीहरूको तालिम सकिएपछि पोखराको कार्यालयमा आएको सामग्री लिएर खटाइएको केन्द्रमा जानुहुन्छ ।’

आगामी मङ्सिर १ गते नै मतदान अधिकृतसँगै सामग्री मतदान केन्द्रमा पुग्ने उनले जानकारी दिए । कास्कीसहित गण्डकी प्रदेशका केही जिल्लामा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिँदै छिट्टै ११ वटै जिल्लामा सामान पुग्ने उनले बताए । निर्वाचनमा ७० किसिमका सामग्री प्रयोगमा आउने भएका छन् । स्थानीय तहमा जस्तै यो चुनावमा पनि मास्क र स्यानिटाइजर थप भएका छन् । आयोगको सूचीमा मतपत्र र मतपेटिकासँग समान्यभन्दा सामान्यदेखि महत्वपूर्ण सामग्रीलाई समेटिएको छ । 

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन तयारी तीव्र बनाउने क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना भएको र उजुरी परेको उनले जानकारी दिए। कार्यालयमा परेका उजुरी उपर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए । 

निर्वाचनमा सुरक्षा प्रयोजनका लागि कास्कीमा एक हजार पाँच सय ९६ म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल भर्ती भएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकासहित जिल्लाका चार गाउँपालिकामा उक्त सङ्ख्यामा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइने भएको हो । म्यादी प्रहरीलाई आवश्यक तालिम दिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

कास्कीमा भर्ना भएका म्यादी प्रहरीलाई शुक्रबारदेखि नै कार्यक्षेत्रमा खटाइएको प्रनाउ तिवारीले जानकारी दिए। ‘उनीहरुलाई तालिम दिने काम सकिएको छ पोसाक लिएर उनीहरु कार्यक्षेत्रमा खटिइसकेका छन्’, उनले भने, ‘म्यादी प्रहरीहरूको काम असोज ३० गतेदखि नै सुरु भएको हो । उनीहरुको काम निर्वाचन सकिएको चार-पाँच दिनसम्म हुन्छ ।’ 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : २३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं