‘देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ’ « Khabarhub

‘देश खान होइन देशको शत्रु खान उम्मेदवार भएको हुँ’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देही–३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन् । बहालवाला गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए । उनले भने, ‘राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्को गर्नु भएन ।’  

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे । उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु । अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन् ।’

भैरहवामा शनिबार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएको बताए । उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए । निर्वाचन आयोगले २० लाखको लिमिट दिए पनि आफ्नो  १० लाख पनि खर्च नहुने बताए ।  

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ४७ बजे

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको

भूमध्यसागरमा डुङ्गा डुब्दा ५० जना बेपत्ता

एजेन्सी – भूमध्यसागरमा ५१ जना आप्रवासी बोकेको डुङ्गा डुब्दा डुङ्गामा

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट