मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो « Khabarhub

मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो

कोभिडले थलिएको पर्यटन क्षेत्र स्वदेशी विदेशी पर्यटक आएसँगै तंग्रियो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिएको छ । पछिल्लो एक वर्षमा नेपालमा स्वदेशी तथा विदेशी पर्यटक भरिभराउ हुन थालेका छन् । खासगरि दसैँ तिहारपछिको चिसिँदो मौसममा हिमाली जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको ओइरो लागेको छ ।

जसको ज्वलन्त उदाहरण हो, मुस्ताङ, मनाङदेखि रसुवा र सोलुखुम्बु । खासगरि उच्च हिमाली भेगमा रहेका ताल तथा हिमालको दृश्यवालोकन गर्न पर्यटक माथिल्लो क्षेत्रतिर पुग्ने गरेका छन् । पछिल्लो केही समययता बाइक टूरमार्फत पनि पर्यटकीय क्षेत्र पुग्नेको संख्या बढ्दो छ ।

युवाहरु मुस्ताङको मुक्तिनाथ, उपल्लो मुस्ताङ तथा मनाङको तिलिचो ताल पुगेर आकर्षक अनुभूति र सुन्दर फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यस्तै रसुवाको गोसाइँकुण्ड र सोलुखुम्बूको आधारशिविर तथा गोक्यो ताल पुग्ने पर्यटकको संख्या पनि बढेको छ ।

दसैँ तिहारपछिको समयलाई रमाइलो यात्रामा बिताउनेका लागि यो समय उत्तम मानिन्छ । यस्तै मार्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, कर्णालीको शे-फोक्सुन्डो ट्रेक, खप्तड तथा बडिमालिका पनि आकर्षक पर्यटकीय गन्तव्य हुन् ।

त्यसबाहेक चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा संरक्षण क्षेत्र, कोशीटप्पु र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पनि पर्यटकको चहलपहल निकै बढ्दो छ । यो यसबीचमा भूकम्प र नाकाबन्दीले गर्दा थलिएको पर्यटन क्षेत्र राम्रोसँग तंग्रिने संकेत हो ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमनसँगै होटल भरिभराउ हुन थालेका छन् । पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेसँगै व्यापार बढ्दो छ । त्यति मात्रै होइन, पर्यटन क्षेत्रले यसबीचमा व्यहोरेको ठूलो नोक्सानी विस्तारै ‘रिकभर’ हुने प्रयास चलिरहेको छ ।

त्यो भन्दा ठूलो कुरा विगतमा पर्यटन भन्नेबित्तिकै विदेशी पर्यटकलाई मात्रै लक्षित गरिन्थ्यो । तर अहिले स्वदेशी पर्यटकको भीडभाड बढेपछि आन्तरिक पर्यटन फस्टाउँदो छ । त्यससँगै होमस्टे, साना व्यवसायी तथा पर्यटन लक्षित लगानीकर्ता पनि आफूलाई सुरक्षित देख्न थालेका छन् ।

नेपालमा पर्यटन क्षेत्र फस्टाएको विदेशी पर्यटकले गर्दा हो । तर स्वदेशी पर्यटकलाई बेवास्ता गर्दा आन्तरिक पर्यटकीय गन्तव्य फस्टाउन सकेका थिएनन् ।

अहिले विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकलाई पनि महत्व दिन थालिएपछि नेपालमा पर्यटन क्षेत्र एक उर्वर भूमिका रुपमा फस्टाउँदै गएको छ । यसले नेपालको आर्थिक अवस्था वृद्धि हुनुका साथै रोजगारी र आर्थिक समृद्धिमा ठूलो टेवा दिनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ५९ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको