मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो « Khabarhub

मुस्ताङ, तिलिचो र गोक्योमा आन्तरिक पर्यटकको घुइँचो

कोभिडले थलिएको पर्यटन क्षेत्र स्वदेशी विदेशी पर्यटक आएसँगै तंग्रियो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र विस्तारै तंग्रिएको छ । पछिल्लो एक वर्षमा नेपालमा स्वदेशी तथा विदेशी पर्यटक भरिभराउ हुन थालेका छन् । खासगरि दसैँ तिहारपछिको चिसिँदो मौसममा हिमाली जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटकको ओइरो लागेको छ ।

जसको ज्वलन्त उदाहरण हो, मुस्ताङ, मनाङदेखि रसुवा र सोलुखुम्बु । खासगरि उच्च हिमाली भेगमा रहेका ताल तथा हिमालको दृश्यवालोकन गर्न पर्यटक माथिल्लो क्षेत्रतिर पुग्ने गरेका छन् । पछिल्लो केही समययता बाइक टूरमार्फत पनि पर्यटकीय क्षेत्र पुग्नेको संख्या बढ्दो छ ।

युवाहरु मुस्ताङको मुक्तिनाथ, उपल्लो मुस्ताङ तथा मनाङको तिलिचो ताल पुगेर आकर्षक अनुभूति र सुन्दर फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । यस्तै रसुवाको गोसाइँकुण्डसोलुखुम्बूको आधारशिविर तथा गोक्यो ताल पुग्ने पर्यटकको संख्या पनि बढेको छ ।

दसैँ तिहारपछिको समयलाई रमाइलो यात्रामा बिताउनेका लागि यो समय उत्तम मानिन्छ । यस्तै मार्दी हिमाल, अन्नपूर्ण बेस क्याम्प, कर्णालीको शे-फोक्सुन्डो ट्रेक, खप्तड तथा बडिमालिका पनि आकर्षक पर्यटकीय गन्तव्य हुन् ।

त्यसबाहेक चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा संरक्षण क्षेत्र, कोशीटप्पु र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पनि पर्यटकको चहलपहल निकै बढ्दो छ । यो यसबीचमा भूकम्प र नाकाबन्दीले गर्दा थलिएको पर्यटन क्षेत्र राम्रोसँग तंग्रिने संकेत हो ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमनसँगै होटल भरिभराउ हुन थालेका छन् । पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेसँगै व्यापार बढ्दो छ । त्यति मात्रै होइन, पर्यटन क्षेत्रले यसबीचमा व्यहोरेको ठूलो नोक्सानी विस्तारै ‘रिकभर’ हुने प्रयास चलिरहेको छ ।

त्यो भन्दा ठूलो कुरा विगतमा पर्यटन भन्नेबित्तिकै विदेशी पर्यटकलाई मात्रै लक्षित गरिन्थ्यो । तर अहिले स्वदेशी पर्यटकको भीडभाड बढेपछि आन्तरिक पर्यटन फस्टाउँदो छ । त्यससँगै होमस्टे, साना व्यवसायी तथा पर्यटन लक्षित लगानीकर्ता पनि आफूलाई सुरक्षित देख्न थालेका छन् ।

नेपालमा पर्यटन क्षेत्र फस्टाएको विदेशी पर्यटकले गर्दा हो । तर स्वदेशी पर्यटकलाई बेवास्ता गर्दा आन्तरिक पर्यटकीय गन्तव्य फस्टाउन सकेका थिएनन् ।

अहिले विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकलाई पनि महत्व दिन थालिएपछि नेपालमा पर्यटन क्षेत्र एक उर्वर भूमिका रुपमा फस्टाउँदै गएको छ । यसले नेपालको आर्थिक अवस्था वृद्धि हुनुका साथै रोजगारी र आर्थिक समृद्धिमा ठूलो टेवा दिनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ३ : ५९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको