‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’ « Khabarhub

‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । ‘नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ’, एमाले अध्यक्ष ओलीले भने , ‘देशको विकास गर्ने र जनताको बलियो आधार भएको एमाले पार्टी हो ।’

देशको राष्ट्रियताको संरक्षण, मुलुकमा स्थायी शान्ति कायम गर्ने र जनताको भावना बुझेर विकास निर्माणको काम अघि बढाउने पार्टी भएको भन्दै उनले थपे, ‘आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी मत दिनुस्, एक्लैले सरकार बनाउँछ ।’

अध्यक्ष ओलीले नेपालीले सहजतापूर्वक जीवनयापन गर्न मुलुकमा गरिबी निवारण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको आवश्यकता भएको र नेपाली जनताको ओइलाएका विश्वासलाई पुनर्जागरण गर्नुका साथै देशभक्तिको भावना जागृत गर्न पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।संसारमै भएका नेपालीले देशलाई पीडा परेका बेलामा सहयोग गरेको स्मरण गर्दै उनले भने, ‘भूकम्प, बाढीपहिरो, कोभिड-१९ आदि जस्ता महामारीको पीडामा मलम लगाउने हातलाई म धन्यवाद दिन चाहन्छु, आगामी दिनमा पनि यहाँको यस्तै सहयोग भइरहोस् ।’

पूर्वप्रधानमन्त्री ओलीले प्रवासी नेपालीको योगदान उत्कृष्ट रहेको र नेपाल, नेपाली जनता, लोकतन्त्र, शान्ति, समृद्धिका क्षेत्रमा पनि सहयोग गर्न र आफूलाई बेवास्ता गरी राष्ट्रिय हितलाई मुख्य केन्द्रमा राखेर काम गरेकोप्रति उच्च प्रशंसा गरे।

कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार, आचरण र क्रियाकलाप उच्च नैतिक चरित्रको हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विश्वमा जुनसुकै ठाउँमा बसेपनि जन्मभूमि र जन्मभूमिका नेपालीलाई नबिर्सन आग्रह गरे ।

विश्वभर छरिएर रहेका प्रवासी नेपालीको साझा सङ्गठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन आज काठमाडौँमा सुरु भएको हो । दुईदिनसम्म चल्ने अधिवेशनको ‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अधिवेशनमा ३७ देशबाट ३०० प्रतिनिधिको छन्। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । नयाँ कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय हुनेछ ।

प्रवासी नेपाली मञ्चको इन्चार्जका रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा राजन भट्टराईले प्रवासी नेपालीको देशको आर्थिक तथा सामाजिक विकासमा ठूलो भूमिका रहेको र ऊनीहरूको सहयोग र सहकार्यलाई पार्टीले उच्च मूल्यांकन गरेको बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली