निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने  « Khabarhub

निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने 


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्यालाई सम्बोधन गर्न बैठकमा सीमावर्ती क्षेत्रमा दुबै पक्षबाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैरकानूनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय भएको उनले बताए । साथै सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरू अपनाउने, जाली नोट नियन्त्रण लगायतका साझा सवालमा निर्णय भएको अर्यालले बताए । 

साथै उक्त निर्णय दुबै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत बैठकमा भएको छ । नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय, रूपन्देही कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका प्रमुख, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ३५ बजे

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्