सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान  « Khabarhub

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका लागि सरकारले आजबाट दादुराविरुद्धको खोप अभियान सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र विभिन्न साझेदार संस्थासँगको समन्वयमा घर–घरमा खोजपडताल, निगरानी, जनचेतना अभिवृद्धि तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य सेवा विभागको बाल तथा खोप शाखाका अनुसार आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ का साथै २, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई लक्षित गरी दादुराविरुद्धको खोप दिइनेछ ।

त्यस क्षेत्रमा हालसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भइसकेको छ भने २३ जना शंकास्पद बिरामी फेला परेका छन् । यद्यपि हालसम्म दादुराका कारण कसैको मृत्यु भने भएको छैन । 

संक्रमण थप फैलिन नदिन स्वास्थ्य संयन्त्रलाई सतर्क बनाउँदै खोप अभियानलाई तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ५८ बजे

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढाउने सरकारको निर्णय

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक