भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो « Khabarhub

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र दिवस २०२६ का अवसरमा राजधानी दिल्लीको कर्तव्य पथमा शक्ति प्रदर्शन गरिएको छ।

यस वर्ष परेडको विशेष सांस्कृतिक विषय ‘स्वतन्त्रताको मन्त्र – वन्दे मातरम्’ थियो। पहिलो पटक दुईजना प्रमुख अतिथि सहभागी भएका छन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन यस पटक प्रमुख अतिथि रहे।

यसपटक परेडमा कुल ६ हजार ६५ जना सहभागी थिए। फ्लाइ–पास्टमा २९ विमान (१६ लडाकु विमान, ४ परिवहन विमान र ९ हेलिकप्टर) ले प्रदर्शन गरे।

देशभरबाट २,५०० कलाकार सांस्कृतिक प्रस्तुतिका लागि सहभागी भए। सेनाका मार्चिङ कन्टिन्जेन्टसँगै पशु दल र विशेष फोर्सका युनिटहरू पनि समावेश थिए।

दिल्लीको कर्तव्य पथमा भएको मुख्य परेडमा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डा फहराइन्। राष्ट्रगानपछि २१ तोपको सलामी दिइएको छ। त्यसपछि ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई अशोक चक्रबाट सम्मानित गरियो।

समारोहमा पहिलो पटक दुई प्रमुख अतिथिहरू युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनसँगै प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। ९० मिनेटको परेडमा विभिन्न राज्य र मन्त्रालयका ३० चयनित झाँकी प्रस्तुत गरिए।

परेडमा तीनै सेनाले आफ्नो क्षमता देखाएका छन्। वायुसेनाका राफेल, जगुआर, मिग–२९, सुखोईसहित २९ विमान सहभागी भए। यी विमानहरूले सिन्दूर, वज्राङ्ग, अर्जन र प्रहार फर्मेसन बनाए।

सेनाले मिसाइल, युद्धक विमान, नयाँ बटालियन र ‘अपरेसन सिन्दूर’का क्रममा प्रयोग गरिएका घातक हतियार प्रणालीहरू प्रदर्शन गरेको छ।

यसमा ब्रह्मोस र आकाश हतियार प्रणाली, सूर्यास्त्र रकेट लन्चर, मुख्य युद्धक ट्याङ्क अर्जुन, स्वदेशी सैनिक प्लेटफर्म र हार्डवेयरहरूको श्रृंखला समावेश थियो। पहिलो पटक हाइपरसोनिक ग्लाइड मिसाइल पनि प्रदर्शन गरिएको छ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  १ : ४८ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई