नगदसहित ३८ जुवाडे पक्राउ « Khabarhub

नगदसहित ३८ जुवाडे पक्राउ


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित ३८ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङ र इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति जिल्लाका दुई ठाउँबाट दुई लाख ८१ हजार एक सय २५ रुपैयाँ र ३२ थान कौडासहित ३८ जना जुवाडेलाई पक्राउ गरेको हो । 

प्रहरीले बेँसीसहर नगरपालिका-११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा बाजी राखी जुवा खेल्दै गरेका सम्बन्धित घरधनीसहित २५ जनाको साथबाट नगद एक लाख २१ हजार पच्चिस रुपैयाँ र १६ थान कौडा पक्राउ गरेको प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । 

पक्राउ पर्ने सबै बेसीशहर नगरपालिका-११ का छन्  । यस्तै, प्रहरीले सुन्दरबजार नगरपालिका-१ कुन्छाका रामबहादुर दुराले जुवा  खेलाउदै गरेको अवस्थामा रामबहादुर दुरासहित १३ जनालाई नगद एक लाख ६० हजार एक सय २५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको डीएसपी श्रीमलले बताए । पक्राउ परेका  १२ जना सुन्दरबजार नगरपालिकाका रहेका छन् भने एक जना तनहुँका छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : ४८ बजे

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको