ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका-५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ०८ बजे

आप्रवासन प्रहरीले आफ्नै नागरिकको हत्या गरेपछि अमेरिकामा ‘जर्ज फ्लोयड प्रदर्शन’को झल्को

काठमाडौं– अमेरिकी समाज फेरि एक पटक हिंसात्मक बाटोमा अग्रसर हुने

सर्लाहीमा दादुरा नियन्त्रणका लागि आपतकालीन खोप अभियान 

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–३ मा दादुरा संक्रमण देखिएपछि त्यसको नियन्त्रणका

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

जलेश्वर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री

भारतको गणतन्त्र दिवस : कर्तव्य पथमा शक्ति प्रदर्शन, युद्धक ट्यांकरदेखि लडाकु जेटसम्म उतारियो

नयाँ दिल्ली- भारतले सोमबार ७७औँ गणतन्त्र दिवस मनाइरहेको छ। गणतन्त्र

भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

चितवन– भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन्